टप खबर

अब आउने लडाइँ, निर्वाचनको लडाइँ लड्दैछौं : प्रचण्ड

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिगत रुपमा जनयुद्धको तयारी गर्दा भाषण र सिद्धान्तले भन्दा गीत, सङ्गीतले बढी उत्साह दिएको बताएका छन् ।

शनिबार गायक बाबा पाख्रिनलाई माओवादी केन्द्रमा प्रवेश गराउँदै प्रचण्डले भने, ‘हामी भूमिगत रुपमा त्यसको तयारी गर्दै गर्दा गीतहरूबाट सङ्गीतहरूबाट जनताहरूलाई उत्साहित गरेका थियौं ।’ उनले भाषणहरू, दर्शन सिद्धान्तको व्याख्याले भन्दा गीत, सङ्गीत नृत्यहरूले जनयुद्धमा बढी ठूलो तयारी गरेको बताए ।

उनले आगामी निर्वाचनमा गायक पाख्रिनको भूमिका निर्णायक हुने प्रचण्डले बताए । उनले भने, ‘अब आउने लडाइँ, निर्वाचनको लडाइँ लड्दै छौं, यो निर्वाचन क्षेत्रबाट बाबा पाख्रिनजस्ता कम्रेडहरूको भूमिका निर्णायक भएर आउने छ भन्ने विश्वास पनि म व्यक्त गर्न चाहान्छु ।’

Tags

छुटाउनु भयो कि ?