प्रमुख सत्तारुढ नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सात दलीय गठबन्धन सरकारको एक वर्ष सन्तोषजनक र प्रभावकारी रहेको निष्कर्ष निकालेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारहरूलाई बताए ।
‘सरकारले एक वर्ष पूरा गर्न लागेको छ । सरकारको यो एक वर्ष सन्तोषजनक रहेको छ । सबैभन्दा ठूलो कुरा राजनीतिक स्थायित्व बलियो भएको छ’, उनले भने, ‘यसबीचमा अनेक हल्ला चलाइए पनि सरकार दह्रोसँग उभिएको छ । मुलुकको अर्थतन्त्रले पनि लय समातेको छ । सडकको विरोधको स्वर पनि मथ्थर हुँदै गएको छ ।’