राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले भिजिट भिसा पूर्व मुख्य सचिव शंकरदास बैरागी नेतृत्वको समितिले भिजिट भिसा प्रकरणको छानबिन गर्न नसक्ने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुखले उपलब्ध गराएको समयमा बोल्दै उनले बैरागी सक्षम निकायमा भएका व्यक्तिहरूको राडारमा भएकाले छानबिन गर्न नसक्ने बताएका हुन् ।
‘शंकरदाश बैरागी अहिलेका निगाह प्राप्त नेताहरूको गुड बुक्समा रहनुपर्ने, स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ,’ सांसद वाग्लेले भने, ‘उहाँले यो जिम्मेवारी लिनु हुन्न भन्ने हाम्रो पार्टीको मत छ । त्यसैले उहाँ स्वयम् सक्षम निकायमा भएको व्यक्तिहरू राडारमा हुनुहुन्छ । सक्षम निकायमा भएका व्यक्तिहरूले कसको छानबिन गर्ने ?’
उनले गृहमन्त्री रमेश लेखक स्वयम् सन्देहको घेरामा रहेका र भिजिट भिसा प्रकरणमा परोक्ष संलग्नता देखिसकिएको समेत जिकिर गरे ।