नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । आयोजक स्कटल्यान्डले नेपाललाई रनले हराउँदै उपाधि जितेको हो ।
स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा अलआउट हुँदै १५९ रन मात्र बनाउन सक्यो ।
सिरिजमा नेपालले दुई जित निकालेको थियो । यसअघि सिरिजको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको थियो । नेपाल गत सोमबार नेदरल्याण्ड्ससँग हारेको थियो । बिहीबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको थियो ।
सिरिजमा नेपाल, स्कटल्याण्ड र नेदरल्याण्डको समान ४ अकं भएपनि रनरेटमा अघि रहँदै स्कटल्याण्डले उपाधि जितेको हो ।