नेपालको इतिहासमा पहिलो पटक पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालसहित ९३ जनाविरूद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारको यो कदमसँगै रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचितन नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ। नेपालको नेतृत्वमा अहिले प्रतिनिधिसभामा एकीकृत समाजवादीका १० सांसद छन् ।
अख्तियारले कुनै पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको यो पहिलो पटक हो । अर्कातिर मन्त्रिपरिषद्को निर्णयका आधारमा भ्रष्टाचार मुद्दा चलेको पनि यो पहिलो हो । यसअघि मन्त्रिपरिषद्को नीतिगत निर्णय भन्दै बालुवाटारको जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्रीलाई अख्तियारले उन्मुक्ति दिएको थियो ।