टप खबर

चिसो भुइँमा राखेर यातना दिएको कारण आफ्नो मिर्गौला फेल भएको प्रधानमन्त्री ओलीको भ​नाइ

Lumbinikhabar Online

प्रधानमन्त्री केपी शर्मा ओलीले कुष्ठरोग निवारण गर्ने राज्यको प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज काठमाडौँमा आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एकभन्दा तलको सङ्ख्यामा कुष्ठरोगी रहनु सुधारात्मक भए पनि रोग पूर्ण रुपमा उन्मुलन नभएसम्म सन्तुष्ट हुन नसकिने बताए।

मन्तव्यको क्रममा प्रधानमन्त्री ओलीले आफूलाई पञ्चायती शासकले गोलघरको चिसो भुइँमा राखेर यातना दिएको पनि स्मरण गरे। सोही यातनाको कारण आफ्नो मिर्गौला फेल भएको उनले बताए।

प्रधानमन्त्री ओलीले कुष्ठरोगीलाई हेलाँहोचो नगर्न कानुनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बच्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

Tags

छुटाउनु भयो कि ?