बिजनेस

११ इन्स्योरेन्स कम्पनीहरुको आइपिओ आउँदै

Lumbinikhabar Online

काठमाडौं – पछिल्लाे समय नेपाली शेयर बजारमा धमाधम साधारण सेयर (आइपिओ) जारी भइरहेका छन् ।
लकडाउन पश्चात मात्र हालसम्म करिव आधा दर्जन कम्पनीहरूले आइपीओ निष्कासन तथा बिक्री खुल्ला गरेर पनि तीमध्ये केही बाँडफाँड भइसकेकाे । केही बाँडफाँड प्रक्रियामा छन् ।
।९ वटा जीवन बीमा कम्पनी र २ वटा निर्जीवन बीमा कम्पनीले ६ करोड २५ लाख ५० हजार कित्ता साधारण सेयर (आइपिओ) निष्कासन गर्ने तयारीमा जुटेका हुन् ।
बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीको चुक्तापूँजी २ अर्ब रूपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी १ अर्ब रूपैयाँ पुर्याउनुपर्ने भएकाले उक्त कम्पनीहरू आइपिओ निष्कासन गर्ने तयारीमा जुटेका हुन् ।
आइपिओ निष्कासनकाे तयारीमा रहेका कम्पनीहरू यस प्रकारका छन् :

१. जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड :
जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा
३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार ५ गते शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

२. सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड :
सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० करोड रूपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार १४ गते आइतबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम  एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।

३. सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड :
सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले हालसम्म सेबाेनमा भने निवेदन पेश गरेकाे छैन ।

४. ज्याेति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड :
ज्याेति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६६ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले पनि हालसम्म सेबाेनमा निवेदन पेश गरेकाे छैन ।

५. युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड :
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६४ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले पनि हालसम्म सेबाेनमा निवेदन पेश गरेकाे छैन ।

६. आईएमई लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड :
आईएमई लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले पनि हालसम्म सेबाेनमा निवेदन पेश गरेकाे छैन ।

७. महालक्ष्मी इन्स्याेरेन्स कम्पनी लिमिटेड :
महालक्ष्मी इन्स्याेरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले पनि हालसम्म सेबाेनमा निवेदन पेश गरेकाे छैन ।

८. प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड :
प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले पनि हालसम्म सेबाेनमा निवेदन पेश गरेकाे छैन ।

९. रिलायबल नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड :
रिलायबल नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले पनि हालसम्म सेबाेनमा निवेदन पेश गरेकाे छैन ।

१०. सानिमा लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड :
सानिमा लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले पनि हालसम्म सेबाेनमा निवेदन पेश गरेकाे छैन ।

११. सन नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड :
सन नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे छ । कम्पनीले पनि हालसम्म सेबाेनमा निवेदन पेश गरेकाे छैन ।

Tags

छुटाउनु भयो कि ?