टप खबर

मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड बाढीले बगायो

Lumbinikhabar Online

अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड बाढीले बगाएको छ ।

अविरल वर्षापछि खोलामा बाढी आउँदा तातोपानी कुण्ड तथा अन्य संरचनामा क्षति पुर्‍याएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

उनका अनुसार गत साउन २८ गते गएको बाढीले खोलाको किनारमा सिमेन्ट, ढुंगा बालुवाबाट निर्माण गरिएको तीन वटा तातोपानी कुण्ड पूर्णरूपमा बगाएर पूर्ण क्षति पुर्‍याएको हो ।

बाढीले तातोपानी क्षेत्रमा रहेको एउटा शौचालय र एउटा चेन्जिङ रुमसमेत पूर्णरूपमा क्षति भएको छ । सिमेन्ट, ढुंगा तथा टिनले छाएको चेन्जिङ रुम पनि बाढीले बगाएको प्रशासनको भनाइ छ ।

तातोपानी कुण्ड आसपास मानव बस्ती नरहेकाले घटनाको सूचना ढिलो गरी मंगलबार बिहान मात्र प्राप्त भएको प्रहरीले जनाएको छ । सूचना लगत्तै दिउँसो १२ बजे प्रहरी चौकी घान्द्रुकबाट प्रहरी हवल्दार राजेश भैया थारूको नेतृत्वमा दुई प्रहरी घटनास्थल पुगेर निरीक्षण गरेको थियो ।

Tags

छुटाउनु भयो कि ?