टप खबर

सरकार कानुनभन्दा बाहिर नजाने गृहमन्त्री लेखकको दाबी 

Lumbinikhabar Online

सरकार कुनैपनि अनुसन्धानमा मानिसको मुख होइन, तथ्य र प्रमाण हेर्छ : गृहमन्त्री

काठमाडौँ: गृहमन्त्री रमेश लेखकले सरकार कानुनभन्दा बाहिर नजाने दाबी गरेका छन् । उनले कुनैपनि आपराधिक कार्यको अनुसन्धान मानिसको मुख हेरेर नभई तथ्य र प्रमाणका आधारमा हुने स्पष्ट पारे ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा सहकारी ठगी प्रकरणमा पक्राउ गरेर थुनेको भनेर प्रचारबाजी भइरहेको प्रति संकेत गर्दै गृहमन्त्री लेखकले यस्तो प्रस्टीकरण दिएका हुन् । उनले प्रमाण जताजता जान्छ र त्यतैत्यतै अनुसन्धान हुने र भइरहेको बताए ।

 

सोमबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले भने, ‘अपराधजन्य कार्यहरू भ्रष्टाचार होस् या ठगी गर्ने सबै मानिसमाथि अनुसन्धान हुन्छ । हुनुपर्छ । कसैलाई काखापाखा हुँदैन । सत्तापक्ष र प्रतिपक्ष भनेर हेरिँदैन, कुनैपनि आपराधिक कार्यको अनुसन्धान, मानिसको मुख होइन तथ्य र प्रमाण हेरेर कारबाही गरिन्छ ।’

 

गृहमन्त्री लेखकले तथ्य र प्रमाणका आधारमा अपराधजन्य कार्यहरूको अनुसन्धान हुने पनि बताए ।

Tags

छुटाउनु भयो कि ?