टप खबर

राजनीतिक घटनाक्रमको बारेमा धेरै बोल्दा बिग्रिन सक्छ : माधव नेपाल

Lumbinikhabar Online

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा देखिएको समस्या समाधान गर्न सरकारले इमानदार भएर काम गरोस् भन्ने चाहेको बताएका छन्।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘हामीलाई सत्ताको लेनदेनसँग कुनै चासो छैन। हामीलाई मतलब छ राष्ट्र र जनताको हितको कुराको, भ्रष्टाचारीको उन्मुलन हामीले चाहेका हौँ। रोजगारी र उत्पादन क्षेत्रको विकास गर्ने कुरामा हामीलाई जोड दिएका छौँ।’

उनले नेपालको मौसम र राजनीतिको भर नहुने टिप्पणी गरे । नेपालको विकसित राजनीतिक घटनाक्रमको बारेमा पूर्वानुमान गर्न नसक्ने बताए।

नेपालले भने, ‘म अरू नेताजस्तो पहिल्यै बोल्दिनँ, बोल्दा बिग्रिन सक्छ। म बोल्ने कम तयारी गर्ने ज्यादा गर्छु, अरू केही भ्रममा नपर्नुस् दुई ठूला पार्टीले यो सरकार पुरा अवधि जान्छ भनेपछि बस्छ, हामीले टाउको फोडेर केही हुँदैन।’

Tags

छुटाउनु भयो कि ?