टप खबर

जनतालाई भोकै मर्न दिँदैनौँ, गरिबीसँग तड्पिन दिँदैनौँ: प्रधानमन्त्री ओली

Lumbinikhabar Online

प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनका लागि भएका आन्दोलनको इतिहास बोकेका नेकपा (एमाले) र नेपाली कांग्रेससहितका दलले सरकार सञ्चालन गरेकाले यी दलले लोकतन्त्रलाई मर्न नदिने स्पष्ट गरेका छन्।

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र, देश र मानव जातिका लागि सर्वोत्तम प्रणाली भएकाले यस प्रणालीप्रति आफूहरु पूर्ण कटिबद्ध भएको स्पष्ट गरेका हुन्।

‘हामी केही गर्दैछौँ। जनतालाई भोकै मर्न दिँदैनौँ। गरिबीसँग तड्पिन दिँदैनौँ। त्यसका लागि अहिलेको सरकार बनेको हो,’ प्रधानमन्त्री ओलीले भने।

Tags

छुटाउनु भयो कि ?