टप खबर

सगरमाथा क्षेत्रमा एकै महिनामा झण्डै नौ हजार पर्यटकद्वारा भ्रमण

Lumbinikhabar Online

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिनामा झण्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् ।

 

गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।

 

जसबाट निकुञ्जले दुई करोड तीन लाख ४८ हजार पाँच सय ५३ रुपैयाँ राजस्व सङ्कलन गरेको निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले जानकारी दिए ।

 

उनका अनुसार निकुञ्जले प्रतिपर्यटक नेपालीलाई एक सय, सार्क मुलुकका नागरिकलाई एक हजार पाँच सय र अन्य मुलुककालाई तीन हजार प्रवेश शुल्क लिने गरेको छ ।

 

चालु आर्थिक वर्ष २०८१–८२ को साउनमा एक सय २५ तथा भदौमा एक हजार तीन सय ३१ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सो महिनामा तीन लाख ४५ हजार नौ सय ७५ रुपैयाँ र भदौमा ३२ लाख ३६ हजार ६ सय ९६ रुपैयाँ राजस्व सङ्कलन भएको श्रेष्ठले बताए ।

Tags

छुटाउनु भयो कि ?