टप खबर

सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट: देउवा

Lumbinikhabar Online

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट रहेको बताएका छन्।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सभापति देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको बताए ।

हनिमुन डेजमा सरकारले राम्रो काम गरेको पनि देउवाले दाबी गरे । विपद् व्यवस्थापन र राहत, उद्धारमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको बताउँदै उनले राहत तथा खोजी उद्धारमा सरकारले आफ्नो हिसावले सुरक्षाकर्मीहरु तैनाथ गरी व्यवस्थापन गरेको बताए।

‘मलाई त राम्रो लाग्छ, धेरै कुराले गर्दा राम्रो छ। सय दिनलाई मैले त राम्रो मानेको छु। सय दिनलाई हनिमुन डेज भन्छन् नि। राम्रो काम गरेको छ। राम्रो काम गरिरहेको छ, के भएको छ तरु गति पनि लिएको छ। बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ। मान्छे पठाउनुभएको हो, गरेको हो। हेलिकप्टरबाट पनि उद्धार गरेको हो,’ देउवाले भने।

साथै, उनले वर्तमान सरकार पूरा कार्यकाल जाने र एमाले-कांग्रेसको सरकार बनेको दिनदेखि दुई वर्ष प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्ने र बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने बताए।

Tags

छुटाउनु भयो कि ?