टप खबर

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदाल​तको अनुम​ति

Lumbinikhabar Online

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालत कास्कीले अनुम​ति दिएको छ।

गत शुक्रबार (कात्तिक २) पक्राउ परेलगत्तै पोखरा लगिएका रविलाई आइतबार म्याद थपका लागि पुनः अदालतमा पेस गरिएको थियो।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बिहीबार थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले नेपालखबरलाई जानकारी दिए।

Tags

छुटाउनु भयो कि ?