टप खबर

पक्राउ परेपछि आफूले कुनै पनि अपराध नगरेको रवि लामिछानेको दाबी

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले कुनै पनि अपराध नगरेको दाबी गरेका छन् ।

प्रहरीले पक्राउ गरेपछि उनले शुक्रबार पार्टी कार्यालय चमतीमा उपस्थित पत्रकार र शुभचिन्तकलाई छोटो सम्बोधन गर्दै लामिछानेले आफूमाथि पुरै राज्य खनिएको बताए ।

सभापति लामिछानेले भने, ‘अभियानको आसा भरोसामाथि प्रहार भएको छ । म अदालती प्रक्रियालाई सम्मान गर्छु । तर राजनीतिक प्रतिरोधको हेक्का राख्छु । आदरणीय दाजुभाइ दिदी बहिनी मैले कुनै अपराध गरेको छैन । राज्यले सम्पूर्ण शक्ति लगाएर म विरुद्ध लागेको छ । म यसको डटेर सामना गर्छु ।’

Tags

छुटाउनु भयो कि ?