टप खबर

सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस्: प्रधानमन्त्री केपी ओली

Lumbinikhabar Online

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् भन्दै परिवर्तनको हल्ला गर्नेलाई चेतावनी दिएका छन् ।

प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चेतावनी दिँदै दिनैपिच्छे सरकार परिर्वतन हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकारसँग लगभग दुई तिहाइ रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अब आफूले करिव एक वर्ष ९ महिना सरकारको नेतृत्व गर्ने बताउँदै त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले भने- ‘मैले पहिले नै भनिसकेको छु, आफैं फेरिन्छ यो सरकार । यो खरानीको डल्लो होइन, सरकारसँग लगभग दुई तिहाइको छ भन्ने सबैमा हेक्का रहोस् ।’

Tags

छुटाउनु भयो कि ?