टप खबर

मिस नेपाल २०२४ आश्माकुमारी केसी राजनीतिमा

Lumbinikhabar Online

गत साउन १८ मा सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज पहिरिएकी आश्माकुमारी केसी राजनीतिमा जोडिएकी छन् ।

मिस नेपाल आयोजकले तय गरेको नियमविपरीत हुने गरी उनी डेढ महिनामै राष्ट्रिय प्रजातन्त्र पार्टीको राजीनितमा लागेकी हुन् ।

उनलाई मंगलबार मात्रै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ४० वर्षमुनिका २० युवाहरूको सूचीमा राख्दै केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेका हुन् ।

मिस नेपालका रुपमा आश्माले मिस वर्ल्डको मञ्चमा जानुअघि नै राजनीतितिर पाइला अघि बढाएकी हुन् । मिस नेपालमा सहभागी भएपछि आफ्नो व्यक्तित्व विकास भएको बताएकी उनले राप्रपाको उक्त निर्णयबारे मुख खोलेकी छैनन् ।

उनले मिस नेपाल हुने क्रममा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई आफ्नोतर्फबाट उत्कृष्ट रूपले प्रस्तुत गर्न प्रयास गर्ने बताएकी थिइन् । मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व राम्रो भइरहेको बताउँदै अघिल्ला विजेतालाई पछ्याउँदै मिस वर्ल्डमा नेपालको शान बढाउने गरी भाग लिने बताएकी थिइन् ।

उनले मिस नेपालको विजेता हुँदा राजनीतिमा लाग्नेबारे केही टिप्पणी गरेकी थिइनन् । तर राप्रपाले ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा छनोट गर्ने क्रममा आश्मालाई पनि राखेको हो ।

राप्रपा अध्यक्ष लिङ्देनका अुनसार छनोट समितिले विभिन्न आधारमा छानिएका युवाहरूलाई अन्तर्वार्तापछि १० महिला र १० पुरुषलाई केन्द्रीय सदस्यमा छनोट गरेको हो । अन्तर्वार्तापछि मिस नेपाल वर्ल्ड केसी पनि केन्द्रीय सदस्यमा छनोट भएकी उनको भनाइ छ।

Tags

छुटाउनु भयो कि ?