टप खबर

एक वर्षमा रास्वपाको चिया तथा खाजामा मात्रै झन्डै १७ लाख सकियो

Lumbinikhabar Online

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक वर्षमा साढे ५ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको छ ।

खर्च विवरण अनुसार एक वर्षमा पार्टी सञ्चालन गर्ने क्रममा ५ करोड ६४ लाख ८१ हजार ७२३ रुपैयाँ पार्टीले खर्च गरेको उल्लेख छ।

मंगलबारदेखि राजधानीमा सुरु भएको राष्ट्रिय भेलामा पेस गरिएको आय- व्ययको विवरणमा कार्यालय खर्च शीर्षकमा चिया तथा खाजामा नै झन्डै १७ लाख खर्च भएको छ । प्रतिवेदनमा चिया तथा खाजा शीर्षकमा १६ लाख ७८ हजार ३९६ रुपैयाँ खर्च भएको उल्लेख छ ।

जसअनुसार आर्थिक वर्ष २०८०/०८१ मा कार्यालय सञ्चालन खर्च ३ करोड ४२ लाख ३९ हजार उल्लेख गरिएको छ ।

यस्तै, पुँजीगत खर्च २ करोड ७५ लाख, निर्वाचन खर्च १४ लाख ९० हजार भन्दा बढी देखाइएको छ ।

Tags

छुटाउनु भयो कि ?