जनता समाजवादी पार्टी नेपालको भातृ संगठन, समाजवादी महिला संघ नेपाल, बाँकेले मंगलबार तीज विशेष कार्यक्रम आयोजना गरेको छ ।
समाजवादी महिला संघ नेपाल, बाँकेले २०८१ सालको हरितालिका तीज पर्वको अवसरमा आयोजना गरेको तीज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।
समाजवादी महिला संघ नेपाल लुम्बिनी प्रदेश समितिकी सचिव सुशीला शर्मा पौडेलको अध्यक्षतमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय सचिव कमरुद्धिन राईले तीज पर्वको अवसरमा शुभकामना व्यक्त गरे ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि लुम्बिनी प्रदेशकी सांसद अम्बिका काफ्लेले हरितालिका तीज पर्वको धार्मिक महत्व रहेको र यस पर्वले महिला जागरण र सशक्तिकरणमा भूमिका खेल्ने बताइन् ।
नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज मनाउनका र आपसी सद्भाव अझ वृद्धि गर्नका लागि समाजवादी महिला संघ नेपाल, बाँके जिल्ला कार्यसमितिले २०८१ सालको तीज विशेष कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
कार्यक्रममा महिला नेतृ तथा कार्यकर्ताहरु लगायत विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने महिलाहरुको उल्लेख्य उपस्थिति रह्यो ।