टप खबर

प्रचण्डबाट धोका पाएँ, ओली सँगै जेल बसेका साथी हुन्: शेरबहादुर देउवा

Lumbinikhabar Online

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबाट पटक पटक धोका पाएको गुनासो गरेका छन् ।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै देउवाले यस्तो बताएका हुन् ।

‘मैले प्रचण्डलाई कहिले पनि धोका दिइनँ । बरु प्रचण्डबाट पटक पटक धोका पाएँ’, उनले भने ।

देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताए । ‘सत्य कुरा के हो भने ओलीजीसँग मेरो सम्बन्ध राम्रो छ । सँगै जेल बसेको मान्छे हो हामी’, देउवाले भने, ‘दु:ख गरेको राम्रो मान्छे हो उहाँ ।’

उनले देशमा समानुपातिक व्यवस्था हुन्जेल कुनै पनि दलको बहुमत नआउने बताए । ‘यही अवस्थामा कुनै पार्टीको बहुमत आउने छैन । समावेशी समानुपातिक व्यवस्था रहेसम्म कुनै पनि पार्टीले एक्लै सरकार बनाउन सक्दैनन्’,

उनले भने, ‘अहिले एमालेसँगको गठबन्धनमा समस्या आउँछ भनेर डराएर हुँदैन । यो व्यवस्था रहेसम्म कुनै पनि पार्टीसँग मिल्नुपर्ने बाध्यता छ ।’

Tags

छुटाउनु भयो कि ?