टप खबर

मधेस प्रदेशमा २० जनाको ‘जम्बो’ मन्त्रिम​ण्ड​ल ग​ठ​न

Lumbinikhabar Online

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार मन्त्रिपरिषद् विस्तार गरे । १५ सदस्यीय मन्त्रिपरिषद्को नेतृत्व गरिरहेका सिंहले मंगलबार पाँच राज्यमन्त्री नियुक्त गरी २० सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाए ।

 

 

मुख्यमन्त्री सिंहले सत्तारुढ नेपाली कांग्रेसबाट २ तथा जनमत, एमाले र लोसपाबाट १–१ राज्यमन्त्री नियुक्त गरी २० सदस्यीय जम्बो मन्त्रिपरिषद गठन गरेका हुन्‌ ।

 

कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलमकुमारी रजक ऊर्जा सिँचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्री नियुक्त भएका छन् । एमालेबाट मो. जयद आलम भौतिक पूर्वाधार विकास, लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति र जनमतबाट शम्भु साह उद्योग पर्यटन राज्यमन्त्री बनेका हुन् ।

 

नवनियुक्त राज्यमन्त्रीहरूले मंगलबार नै शपथ लिएका छन् । यो सँगै मधेश सरकारको मन्त्रिपरिषद् अहिले सम्मकै ठूलो आकार २० सदस्यीय बनेको छ

Tags

छुटाउनु भयो कि ?