टप खबर

नेपाल एयरलाइन्स धेरै कार्गो बोक्ने विमान कम्पनीका रूपमा सम्मानित

Lumbinikhabar Online

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) धेरै कार्गो बोक्ने विमान कम्पनीका रूपमा सम्मानित भएको छ । सन् २०२३ मा नेपालबाट धेरै कार्गो बोक्ने दोस्रो एयरलाइन्सको रूपमा सम्मानित भएको हो ।

नेपाल फ्रेट परवार्डर्स एसोसिएसनद्वार आज काठमाडौंमा आयोजित ३०औं कार्गो दिवसका अवसरमा उक्त सम्मान प्राप्त गरेको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सम्मानबाट कार्गो व्यापार बढाउन थप हौसला प्राप्त भएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए । उनले निगमले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यमा ‘डेन्जरस गुड्स’लगायतका कार्गो ढुवानी गर्दै आइरहेको जानकारी दिए । यस कार्यमा सहयोग गर्ने सबै सरोकारवाल, कार्गो एजेन्ट कर्मचारीलगायतलाई उनले धन्यवाद दिए ।

Tags

छुटाउनु भयो कि ?