काठमाडौं: प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद कुसुम थापा मगरले उम्मेदवारी दिएकी छन् ।
सोमबार थापाले उम्मेदवारी दर्ता गराउँदा कांग्रेस सांसद वीरबहादुर बलायर प्रस्तावक र एमालेका सूर्यप्रसाद ढकाल समर्थक रहेका छन् ।
थापाको घर रुकुम पुर्व हो ।
यसअघि समितिकी सभापति आरजु देउवा राणा परराष्ट्रमन्त्री बनेपछि पद रिक्त रहेको थियो ।