टप खबर

साउन तेस्रो साता कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

Lumbinikhabar Online

राष्ट्रिय परिक्षा बोर्डले आगामी साता कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

जतिसक्दो चाँडो नतिजा ल्याउने तयारीको साथ हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको परिक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

शर्माको अनुसार साउन तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी छ । त्यही अनुसार काम भइरहेको छ ।

गत वैशाखमा भएको परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए । बोर्डका अनुसार नियमिततर्फ तीन लाख ९० हजार र ग्रेडवृद्धितर्फ एक लाख ६ हजार परीक्षार्थी रहेका छन् ।

Tags

छुटाउनु भयो कि ?