टप खबर

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका: क्याप्टेन शाक्यको उपचार हुँदै

Lumbinikhabar Online

त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका शवहरू उद्धार थालिएको छ । बुधबार बिहान ११ः१२ बजे दुर्घटनामा परेको ९एन–एएमई जहाज दुर्घटनापछि खोज तथा उद्धारको लागि दमकल, सुरक्षाकर्मीहरु, एम्बुलेन्स खटिएको प्रहरीले जनाएको छ । जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले दिएको जानकारी अनुसार, जहाजका क्याप्टेन मनिष शाक्यको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उनको अवस्था बोल्न सक्ने रहेको छ भने आँखामा चोट लागेको एसएसपी मैनालीले बताए । ११ बजेर ४० मिनेटमा आगो नियन्त्रणमा आएको छ। जहाजमा चालकदलका २ सदस्यसहित १९ जना सवार थिए । सवार सबै सौर्य एयरकै कर्मचारी रहेको मैनानीले जानकारी दिए । उनका अनुसार संकलित सबै शवहरू त्रिभुवन शिक्षण टिचिङ अस्पताल लैजान थालिएको छ ।

Tags

छुटाउनु भयो कि ?