टप खबर

नागरिकको चाहनाअनुसार संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री प्रकाशमान सिंह

Lumbinikhabar Online

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आम नागरिकको चाहनाअनुसार संविधान संशोधन हुने बताएका छन्। सोमबार काठमाडौँमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उनले संविधानको विशेषता नै संविधानमा उल्लेखित दफाहरु विधि, प्रक्रिया पूरा गरेर परिवर्तन गर्न सकिने बताए।

‘खासगरी हामीले प्रथम संविधान सभा भन्नुस्, दोस्रो संविधान सभा यो खासगरी काँग्रेसकै नेतृत्वमा अहिलेको नयाँ संविधान जारी गरेका हौँ। तर संविधान जारी गर्दाखेरी यो संविधानको विशेषता के हो भन्दा एउटा प्रोसेस पूरा गरेर कुनै त्यो संविधानमा उल्लेखित जुन दफाहरू छन्, ति दफाहरू परिवर्तन गर्नको लागि विधि, प्रक्रिया पूरा गरेर त्यसलाई समयको माग, जनताले चाहेअनुसार हुन्छ,’ उनले भने।

समयको माग, जनताको चाहनाअनुसार संविधान परिवर्तन हुने बताउँदै उनले संघीयताको मर्म र भवनाअनुसार कानुनहरू बनाउन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको बताए। उनले जनताको चाहना पूरा गर्नका लाग कांग्रेस र एमाले मिलेर सरकार बनाएको पनि बताए।

Tags

छुटाउनु भयो कि ?