टप खबर

सरकारले निजी क्षेत्रलाई कुनैपनि दुःख नदिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रतिवद्धता

Lumbinikhabar Online

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले निजी क्षेत्रलाई कुनैपनि दुःख नदिने प्रतिवद्धता जनाउनुभएको छ ।शुक्रबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

 

अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्ने बताउनुभयो । उहाँले राजनीतिक अस्थिरताको कारण मुलुक र निजी क्षेत्रले समस्या भोग्दै आएको भन्दै स्थायित्व र स्थिर सरकारको सन्देश दिने गरी सरकार बनेकाले सबै समस्याको समाधान पनि यही सरकारले दिने उल्लेख गर्नुभयो । उहाँले राजनीतिक स्थायित्व सुनिश्चित गर्ने र अर्थतन्त्रका समस्यालाई समाधान गर्ने प्रयासका साथ सरकार अगाडि बढेको बताउनुभयो ।

 

अर्थमन्त्री पौडेलले बजारमा माग, उत्पादन,पुँजीगत खर्च र राजश्व लगायतका सूचकहरु घटेको अवस्था रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रका सूचकहरु मात्रै नभएर मानिसहरुको मन टुटेको भन्दै आत्मविश्वास बढाउने गरी काम गर्ने बताउनुभयो । उहाँले बैंकमा तरलता हुँदा र ब्याजदर घट्दै जाँदा समेत कर्जा प्रवाह नभएको भन्दै निजी क्षेत्रको आत्मविश्वास जगाउनु सरकारको पहिलो चुनौति रहेको बताउनुभयो ।

Tags

छुटाउनु भयो कि ?