प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीपहिरोले ठूलो धनजनको क्षति भइरहेको बेलामा प्रतिपक्ष दल सरकार परिवर्तनको खेलमा लागेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै उनले प्रतिवक्षले राजीनामा मागेपनि आफूले विपद् न्यूनीकरणको लागि पहल गरिरहेको बताए । उनले भने, ‘हामीले विपद्को पूर्वतयारीको हुनसक्ने पलह गरिएको थियो । यत्रो बाढीपहिरोले धनजनको ठूलो क्षति भइरहेको बेलामा हामी सरकार परिवर्तन प्रक्रियाभित्र प्रवेश गर्यौं । प्रतिपक्षका साथीहरूले साथीहरूले राजीनामाको कुरा उठाइराख्नुभयो । यस्तो बेलामा पनि सेना, प्रहरी, गृहप्रशासन सबैलाई राखेर क्षतिको रोकथाम गर्नेबारे पहल गरेको छु ।’ उनले आज बिहान पनि विश्वासको मत माग्ने कि नमाग्ने दोधार भएको बताए ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६