टप खबर

रूसी सेनामा कार्यरत सबै भारतीय स्वदेश फिर्ता हुने

Lumbinikhabar Online

रूसी सेनामा कार्यरत सबै भारतीयको स्वदेश फिर्तीको बाटो खुलेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यो मुद्दा राष्‍ट्रपति भ्लादिमिर पुटिनसँग उठाएपछि निर्णय भएको हो । मोदीको प्रस्‍तावलाई राष्‍ट्रपति पुटिनले स्वीकार गरेका छन् । रूसका राष्‍ट्रपति पुटिनले प्रधानमन्त्री मोदीलाई आफ्नो निवासमा निम्ता गरेका थिए ।

जहाँ दुई नेताबीचमा भएको वार्ताका क्रममा प्रधानमन्त्री मोदीले रूसी सेनामा काम गरिरहेका भारतीयको मुद्दा उठाएका थिए । यसक्रममा पुटिनले प्रधानमन्त्री मोदीलाई तेस्रो पटक प्रधानमन्त्री बनेकोमा बधाई दिएका थिए । प्रधानमन्त्री मोदी र पुटिनबीच चियावार्ताका क्रममा कयौँ मुद्दामा कुरा भएको छ । यस क्रममा पुटिनले प्रधानमन्त्री मोदीलाई लामो समयदेखिको मिहिनेतका कारण तेस्रो पटक प्रधानमन्त्री बनेको भन्दै प्रशंसा गरे ।

Tags

छुटाउनु भयो कि ?