टप खबर

पेट्रोलियम पदार्थको मूल्यमा ब्रिद्दि

Lumbinikhabar Online

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल र डिजेलमा मूल्य बढेर आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले बढाइएको छ ।

 

पेट्रोल मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५७ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेकोछ ।

Tags

छुटाउनु भयो कि ?