चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि पर्यटकीय गतिविधि बन्द हुने भएको छ । वर्षा सुरु भएसँगै निकुञ्जभित्रका कच्ची बाटो बिग्रने, जंगलमा भएका ससाना खोला खोल्सामा बाढी आउने तथा रुख ढलेर बाटो अवरुद्ध हुन सक्ने भएकाले सफारीसहितका गतिविधिमा रोक लगाइने भएको हो । अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।
निकुञ्जले हरेक वर्ष बर्खायाममा सफारी लगायतका गतिविधि बन्द गर्दै आएको छ । गत वर्ष असार १ गतेदेखि नै बन्द गरिएको थियो ।निकुञ्जभित्रका गतिविधि बन्द भए पनि पर्यटकले मध्यवर्ती सामुदायिक वनमा भने हात्ती, जीप, पैदल सफारी गर्न पाउने छन् ।