टप खबर

शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी: सभामुख देवराज घिमिरे

Lumbinikhabar Online

सभामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै पनि नेपालमा शिक्षा व्यवहारिक हुन नसकेको बताए । शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्नेमा उनको जोड छ । सभामुख घिमिरेले शिक्षाले समाजलाई परिवर्तन गर्ने भन्दै शिक्षालाई दर्शन सिक्ने ठाउँको रूपमा विकास गर्नुपर्ने धारणा राखे ।

उनले नेपालको शिक्षा नेपाली जनजीवन, नेपाली समाजको जीवनमा आधारित भइ प्राकृतिक स्रोत साधनको सदुपयोग गर्ने सन्दर्भमा केन्द्रित हुनुपर्ने बताए । उनले समयानुसारको पाठ्यक्रम निर्माण गरी दक्ष शिक्षकहरूबाट विद्यार्थीलाई शिक्षित बनाउनुपर्ने बताए ।उनले शिक्षालाई सर्वसुलभ बनाइ, शिक्षा जीवन उपयोगी बनाउनुपर्नेमा उनको जोड छ । सभामुख घिमिरेले विचारबाट समाजलाई परिवर्तन गर्ने वैज्ञानिक शिक्षा विद्यार्थीलाई सिकाउन आवश्यक रहेको बताए । उनले अहिलेको शिक्षालाई वैज्ञानिक शिक्षा नीतिमा लैजानुपर्ने धारणा राखे ।

Tags

छुटाउनु भयो कि ?