सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी कानुन मामिला हेर्ने सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिव बनाएको छ । उनलाई वरिष्ठ सचिवमध्येबाट निमित्त मुख्यसचिव बनाइएको हो । लीलालाई भदौसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निमित्त मुख्यसचिवको जिम्मेवारी दिएका हुन् ।
तेह्रथुम जिल्लाकी गड्तौलाले उनले नेपाल ल क्याम्पसबाट आईएल बिएल गरेकी छन् ।२०५२ सालमा न्याय सेवातर्फ कानुन मन्त्रालयमा जागिर सुरु गरेकी उनीले कानून मन्त्रालयमा १७ वर्ष काम गरिन् । त्यसपछि उनी ऊर्जा, जलस्रोत, उद्योग, परराष्ट्र मन्त्रालय, निर्वाचन आयोग, गृह मन्त्रालय लगायतका महत्त्वपूर्ण निकायमा उनले काम गरिसकेकी छन् । ०६३ सालमा उपसचिव भइन् भने २०७० सालमा सहसचिव भएकी २०७७ कात्तिकमा सचिव भएकी उनी नेपाल कानुन आयोगका सचिवबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव भएकी थिइन् ।