टप खबर

सडक दुर्घटना न्युनीकरणका लागि लुम्बिनीमा संकल्प प्रस्ताव

Lumbinikhabar Online

लुम्बिनी प्रदेशमा हुने सडक दुर्घटना रोकथाम गरि जीउधनको सुरक्षा र क्षति न्युनीकरणको व्यवस्था बारे संकल्प प्रस्ताव दर्ता गरिएको छ । शुक्रबार लुम्बिनी प्रदेशसभाको सचिवालयमा तीन सांसहरुले संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।

नेपाली कांग्रेसकी सांसद निमा गिरी प्रस्तावक रहेको संकल्प प्रस्तावको समर्थनमा माओवादी केन्द्रकी सांसद कृष्णा कुश्मा थारु र जनता समाजवादी नेपालकी सांसद अम्बिका काफ्ले रहेका छन् ।

संकल्प प्रस्तावमा नागरिकको सुरक्षित यातायातको अधिकार सुनिश्चित गर्न समन्वयकारी भूमिकाका लागि अधिकारसम्पन्न प्रदेशस्तरीय संस्थागत संयन्त्रको निर्माण गर्ने उल्लेख छ । त्यस्तै, लुम्बिनी प्रदेशभित्र राष्ट्रिय राजमार्ग नजिकै ट्रमा सेन्टरको स्थापना गर्न समेत माग गरिएको छ ।

आम नागरिकसँग प्रत्यक्ष जोडिएको यस गम्भीर समस्याको समाधानका लागि सरोकारवालाहरुलाई दबाब दिने उद्देश्यले संकल्प प्रस्ताव दर्ता गरिएको लुम्बिनी प्रदेशकी सांसद अम्बिका काफ्लेले बताइन् ।

Tags

छुटाउनु भयो कि ?