टप खबर

सिरोहिया पक्राउ प्रकरणमा सरकारको पक्षमा उभियो राष्ट्रिय स्वतन्त्र पार्टी

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्ने सरकारको कदमको पक्षमा उभिएको छ । महामन्त्री डा. मुकुल ढकालले बुधबार एक विज्ञप्ति जारी गरी अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको जिकिर गर्दै गिरफ्तारीको समर्थन गरेका छन् ।  ‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवि पत्रकार एकै होइनन् । अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन, यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ’, उनले भनेका छन् ।

सिरोहियालाई जिल्ला अदालत धनुषाको अनुमति लिएर नागरिकता  कीर्तेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरेको आफूहरुको जानकारीमा आएको रास्वपाले जनाएको छ । ‘नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हक अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरुप कदम चाल्न नेपाल सरकार सक्षम छ भन्नेमा हामी विश्वस्त छौं’, महामन्त्री ढकालले भनेका छन् ।

Tags

छुटाउनु भयो कि ?