नागरिकता प्रकरणमा छानविनका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले जनकपुरधाम लगेको छ । सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ। नागरिकतासम्बन्धी उजुरीमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिरोहियालाई मंगलबार कार्यकक्षबाटै पक्राउ गरेर बुधबार बिहान धनुषा पुर्याएको हो।
उनलाई आज अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय ल्याएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । अध्यक्ष सिरोहियाले फरक फरक नागरिकता विवरण विभिन्न निकायमा पेश गरेको दावी गर्दै उनीमाथि छानविन गर्न जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको छ। धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई मंगलवार पक्राउ गरिएको हो ।