प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएका छन् । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँबानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले संसद बैठकमा गृहमन्त्रीलाई बोल्न दिने निर्णय गरेको हो । बैठकमा सहभागी राप्रपाका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्रीलाई बोल्न दिने निर्णय भएको जानकारी दिए । उनले गृहमन्त्रीले बोलेपछि विपक्षीको तर्फबाट नेपाली कांग्रेसले सभामुखसँग बोल्न समय माग्ने बताए । उनले भने, ‘गृहमन्त्रीलाई बोल्न दिन्छौँ । त्यसपछि प्रतिपक्षले बोल्नका लागि सभामुखज्यूसँग समय माग्छौँ। हाम्रो तर्फबाट सम्भवतः नेपाली कांग्रेसले बोल्छ ।’
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६