टप खबर

निजी विद्यालयले लिने शुल्क मापदण्ड निर्धारण गर्न काठमाडौं महानगर द्वारा समिति गठन

Lumbinikhabar Online

काठमाडौं महानगरपालिकाले निजी विद्यालयले लिने शुल्क मापदण्ड निर्धारण गर्न समिति गठन गरेको छ। गत आइतबार महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेकोको शिक्षा समिति बैठकले समिति गठन गरेको हो।

महानगरपालिकाको शिक्षा विभागका अनुसार बैठकले कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यको संयोजकत्वमा शुल्क मापदण्ड निर्धारण समिति गठन गरिएको छ। समितिको सदस्यमा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा, शिक्षा अधिकृत, नेत्रनारायण पौडेल, शिक्षा समितिका सदस्यहरू रूपक राजवंशी, रीता दाहाल, कपिलजंग पाण्डे रहेका छन्। यस्तै स्रोत शिक्षक दिनेश के.सी. सदस्य सचिवमा छन्।

समितिले दिएको प्रतिवेदनका आधारमा शिक्षा समितिका संयोजकबाट शुल्क निर्धारण मापदण्ड स्वीकृत हुनेछ। समितिलाई प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकारी इन्द्रप्रसाद दाहालले जानकारी दिए।

Tags

छुटाउनु भयो कि ?