नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा नभएको बताएका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिने क्रममा महानिरीक्षक कुँवरले प्रहरीमा गृहमन्त्रीविरुद्धको मुद्दा नरहेको बताए । यसअघि नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गृहमन्त्री लामिछाने सहकारी ठगिको मुद्दामा मुछिएकाले राजीनामा दिएर छानबिनमा सहयोग गर्न सुझाव दिएका थिए ।