टप खबर

दलित समुदाय बाट पनि संघीय सरकारको मन्त्री ब​न्ने : केपी शर्मा ओली

Lumbinikhabar Online

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दलित समुदायलाई पनि संघीय सरकारको मन्त्री बनाउने बताउनुभएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजले बिहीबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

 

दलित समुदायले कहिलेकहिले मन्त्री किन भएन भन्ने प्रश्न गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले एउटा ठाउँ मन्त्री परिषद्मा रहेकाले एक जना दलित समुदायका व्यक्ति मन्त्री हुने बताउनुभयो । उहाँले सबै जाति, समुदाय एकैचोटी मन्त्री हुन सम्भव नभएको पनि स्पष्ट पार्नुभयो । नेपालमा १२५ भन्दा बढी जातजाति भएकाले पनि सबैले एकैपटक मन्त्री बन्न अवसर आउन नसक्ने अध्यक्ष ओलीको भनाई थियो ।

Tags

छुटाउनु भयो कि ?