टप खबर

प्रहरीमा सरुवा र बढुवा हुन धाउनुपर्ने व्यवस्थाको अन्त्य गरिने: गृहमन्त्री लामिछाने

Lumbinikhabar Online

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भीआईपी कल्चर अन्त्य हुनुपर्ने बताएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि देशभरका जिल्ला प्रहरी प्रमुख र प्रदेशका डीआईजीहरुलाई भिडियो कन्फेरेन्समार्फत निर्देशन सम्बोधन गर्दै लामिछानेले भने– ‘मलाई पनि एउटा पिएसओ मात्र दिए पुग्छ, भीआईपी संस्कार अन्त्य गर्नुपर्छ ।’

 

प्रहरीमा सरुवा र बढुवा हुन ‘धाउनुपर्ने’ व्यवस्थाको अन्त्य गरिने मन्त्री लामिछानेले उद्घोष गरेका छन् । वर्तमान आईजीपी वसन्त कुँवरलाई आफू पहिलोपटक गृहमन्त्री हुँदा भनसुन बिना नै मधेश प्रदेशको प्रमुख बनाएको उल्लेख गर्दै उनले भने– ‘सरुवा र बढुवाका लागि सचिव र मन्त्रीको ढोका चहार्ने प्रथा अन्त्य गर्छु ।’

प्रहरी अधिकृतहरू निजी फाइदाका लागी आफूकहाँ आएमा ढोका बन्द गरिने लामिछानेले बताएका छन् । उनले भने– ‘मेरोमा सोर्स फोर्स लाउन आउनेका लागि ढोका बन्द हुन्छ ।’

 

आफू पैसा खानका लागि मन्त्री नभएको उल्लेख गर्दै लामिछानेले भनेका छन्–‘आइजिपी साव’ले आफ्नो अधिकार कसैलाई नबुझाउनुस्, म बाट कुनै हस्तक्षेप हुँदैन ।’ सरकारको आयुसँग आफूलाई मतलब नभएको लामिछानेले बताएका छन् । ‘जत्ति दिन टिक्छु केही गर्ने इच्छा छ’ निर्देशन सम्बोधनमा उनले भने– ‘मेरो अघिल्लो कार्यकालको योजनाअनुसार काम गर्छु ।’

Tags

छुटाउनु भयो कि ?