टप खबर

आम नागरिकले महशुस गर्नसक्ने गरी काम गर्न सकिन्छ: नवनियुक्त गृहमन्त्री लामिछाने

Lumbinikhabar Online

नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आम नागरिकले महशुस गर्न सक्ने गरी काम गर्न आफूले गृह मन्त्रालय रोज्नुपरेको जिकिर गरेका छन् ।

 

राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गरेलगत्तै बुधवार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री लामिछानले शुरुमै गृह मन्त्रालय रोज्नुको कारणबारे प्रष्टिकरण दिएका हुन् । उपप्रधानमन्त्री लामिछानेले विगतका मन्त्रीहरुको जस्तै निरन्तरता मात्रै होस् भन्ने सोच बनाएर गृह मन्त्रालय रोजेको नभई फरक किसिमले आम नागरिकले महशुस गर्नसक्ने गरी काम गर्न सकिन्छ भन्ने आत्माविश्वासका आफूले गृह मन्त्रालयको कार्यभार लिएको दाबी गरे ।

 

काम गर्दा आफूले कसैलाई दबाब र प्रभावमा नराख्ने उनले बताए । मन्त्री लामिछानेले भने ‘ मेरो तर्फबाट यो जिम्मेवारी पूरा गर्दाखेरी कुनै पनि किसिमको दवाव र प्रभाव तपाईहरुलाई हुनेछैन । यो कुराको सुनिश्चितता तपाईहरुलाई गराउन चाहन्छु । आम नागरिकले बाटोमा उभिएको युनिफर्ममा उभिएको हाम्रो प्रहरी अधिकारीले उसलाई देख्ने वित्तिकै महशुस गरोस् मसुरक्षित छु । शान्ति सुरक्षाको प्रत्याभुति हामीले दिनुपर्ने कुरा, म यहाँ मेरो सुरक्षामा चिन्तित छैन । बाटोमा हिँडेको त्यो नागरिक, काम गर्दै गरेको सामान्य मान्छे, उनीहरुको सुरक्षामा बढि चिन्तित हुन पनि म अपिल गर्न चाहन्छु ।’

Tags

छुटाउनु भयो कि ?