नवनियुक्त उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले कूटनीतिक शिष्टतामा ध्यान दिन आवश्यक रहेको बताएका छन्।
सिंहदरबारमा पदभार ग्रहण गरेपछि मन्त्री श्रेष्ठले दुई छिमेकी राष्ट्रको सम्बन्धलाई सुदृढ गर्न, उन्नत बनाउज प्राथमिकताका साथ काम गर्ने बताए। ‘सबै मित्रराष्ट्रसँगको सम्बन्ध मैत्रीपूर्ण बनाउने कुरामा मेरो भूमिका रहनेछ,’ उनले भने, ‘वैदेशिक रोजगारीमा रहेका सबै नेपालीहरूको रक्षा गर्ने कुरा मेरो कार्यभारका रूपमा लिएको छु।’
उनले गैरआवासीय नेपालीहरूको लगानीलाई नेपालको विकासका निम्ति परिचालित गर्न प्रोत्साहित गर्ने पनि बताए।कूटनीतिक आचारसंहिताको कार्यान्वयनमा आफूले विशेष जोड दिने पनि उनले बताए।