टप खबर

४१ राजनीतिक दलको खारेजीको प्रक्रिया सुरु

Lumbinikhabar Online

निर्वाचन आयोगले ४१ राजनीतिक दलको खारेजीको प्रक्रिया सुरु गरेको जनाएको छ । आयोगले केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगर्ने तथा लेखा परीक्षण प्रतिवेदन नबुझाउने र बुझाए पनि सार्वजनिक नगर्ने दललाई खारेज गर्न लागेको हो । नियम उल्लंघन गरेका कारण तोकिएको जरिवानासमेत नबुझाएपछि दलहरु खारेज गर्न लागेको आयोगले जनाएको छ ।

यी ४१ दललाई जरिवाना बुझाउन अन्तिम एक पटक मौका दिइने बताइएको छ । मौका दिँदा पनि जरिवाना नबुझाए दलको खारेजी प्रक्रिया अगाडि बढाउने आयोगले निर्णय गरेको छ ।

Tags

छुटाउनु भयो कि ?