दाङको घोराहीमा एक प्रहरीले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्। घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमानले गोली हानी हत्या गरेका प्रहरीले जानकारी दिएको छ ।
वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई बाँकेको नेपालगञ्जमा कार्यरत उनका श्रीमान यमबहादुर झाक्रीले साढे ८ बजेतिर गोली हानेका हुन् ।
यमबहादुर झाक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ। केही दिनपहिले मात्रै दाङको घोराहीमै कार्यरत अर्का एक प्रहरीले आफ्नी श्रीमती र नाबालक छोराको हत्या गरेका थिए।