कोशी प्रदेशबाट राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् । सिटौलाले ५२९२ मतभार पाएका छन् भने राप्रपाका उद्धव पाैडेलले ४५६२ मतभार पाएका छन् । उम्मेदवारी फिर्ता लिएका एमालेका पर्शुराम अधिकारीकाे पक्षमा १४८ मतभार खसेकाे थियाे ।
प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत ल्याएका थिए । भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए । स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे । स्थानीय तहतर्फ ४ मत बदर भएको छ ।
महिलातर्फ भने माओवादी उम्मेदवार चम्पा कार्कीमाथि अन्तर्घात भएपछि एमालेकी रुक्मिणी कोइराला विजयी बनेकी छिन ।