टप खबर

६१ किलो सुनकाण्ड प्रकरणमा ६ जनालाई धरौटीमा छाड्न आदेश

Lumbinikhabar Online

६१ किलो सुन प्रकरणमा काठमाडौं जिल्ला अदालतले गरेको फैसलाविरुद्ध उच्च अदालत गएका आरोपीमध्ये ६ जनालाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा गएका १० जनालाई भने अदालतले धरौटीमा छाड्ने आदेश दिएन ।

 

उच्च अदालत पाटनका न्यायाधीशद्वय धरुबहादुर चन्द र कृष्णराम कोइरालाको संयुक्त इजलासले ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । धरौटीमा छुट्नेमा भन्सार अधिकृत गणेशप्रसाद पौडेलसहित छ जना छन् । अदालतले त्रिवि भन्सारका अधिकृत पौडेल र नायब सुब्बा वीरेन्द्र नेपाली ५–५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । त्यसैगरी भन्सार एजेन्ट यादव पराजुली र शुदर्शन गौतमलाई २ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । कार्गोका एजेन्ट पुष्करराज भट्ट र अर्का एकजनालाई एक–एक लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

Tags

छुटाउनु भयो कि ?