टप खबर

बिपी प्रतिष्ठानको उपकुलपति लाइ धरान गएर समस्या समाधान गर्न निर्देशन

Lumbinikhabar Online

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न  निर्देशन दिएका छन् । आइतबार प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री ‘प्रचण्ड’ ले उपकुलपति डा कार्कीलाई भने, ‘तपाईँले पदाधिकारीलाई काठमाडौँ नबोलाउनुस्, तपाईँ धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस्, अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस् ।’

Tags

छुटाउनु भयो कि ?