चितवनको सौराहामा अंग्रेजी नयाँ वर्ष मनाउनेको भीड बढेको छ। नयाँ वर्षको अघिल्लो दिन सरकारी बिदासमेत परेकाले आन्तरिक पर्यटकको संख्या बढेको हो। सौराहा आएका पर्यटक निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने गर्दछन्। पर्यटकको रोजाइमा विशेषगरी हात्ती, जिप, डुंगा सफारी हुने गरेको छ। निकुञ्जभित्र सौराहातर्फबाट ३२ वटा जिपले अनुमति पाएका छन्। यस्तै कसराबाट २० वटा, मेघौलीबाट नौवटा, माडीबाट एउटा, नवलपरासीको अमलटारीबाट ६ वटा र कुजौलीबाट दुई वटा जिपले जंगल सफारीको अनुमति लिएका छन्। सौराहामा पर्यटक बढ्दै गर्दा रेस्टुराँमा पनि पर्यटक भरिएका छन्। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) का निवर्तमान अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका रेस्टुराँमा पर्यटकको राम्रो उपस्थिति छ। दसैंपछि पर्यटकको राम्रो चहलपहल भएको उनले बताए।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६