रुसी सेनामा कार्यरत नेपालीको मृत्यु हुनेको संख्या ६ पुगेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै ६ नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।
परराष्ट मन्त्रालयका अनुसार ज्यान गुमाउनेहरुको विवरण:
१ सन्दीप थपलिया -गोरखा
२ रुपक कार्की वाणगंगा-१, कपिलबस्तु
३ देवान राई पोखरा, कास्की
४ पितम कार्की पुतलीबजार-५, स्याङ्जा
५ राज कुमार रोका मेलुङ्ग-६, दोलखा
६ गंगाराज मोक्तान इलाम-५, इलाम
सरकारले रुसी सरकारलाई उनीहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ । नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुससमक्ष अनुरोध गरिएको परराष्ट्रले जनाएको छ ।
‘कसैको प्रलोभनमा परीवा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरुको सेनामा भर्ना नहुन परराष्ट्र मन्त्रालय सम्बन्धित सबैमा पुनस् हार्दिक अनुरोध गर्दछ।’ मन्त्रालयले भनेको छ ।